गृहपृष्ठ द ब्रिटिस कलेजको आयोजनामा ‘टीबीसी जब फेयर’ हुँदै
द ब्रिटिस कलेजको आयोजनामा ‘टीबीसी जब फेयर’ हुँदै
काठमाडौंको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘टीबीसी जब फेयर ३.०) को आयोजना गर्ने भएको छ । कलेजले थापाथलीस्थित आफ्नै भवनमा आगामी सेप्टेम्बर २ मा जब फेयरको आयोजना गर्न लागेको हो ।
कलेजको स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातकोत्तर तहको एमएस्सी आइटी, ईएमबीए, एमबीए तथा एमआएबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी हुन पाउनेछन् ।
जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा विभिन्न क्षेत्रमा काम गर्दै आएका बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति रहनेछ । कम्पनीका प्रतिनिधिहरुले टीबीसीमा हाल अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुलाई क्षमताको आधारमा कामको अवसर दिनेछन् ।
त्यस्ता कम्पनीहरुमा लिपफ्रग, दराज, द चौधरी ग्रुप, आइएमएस, बियोण्ड आइडी, नेपाल पेमेन्ट सोलुसन (डीजीहब), सुबिसु केबलनेट, जिनिएस डिजाइन्स प्रालि, एक्ट ३६०, यति एयरलाइन्स, इसेवा, गेन्स, रिगो टेक्नोलोजी, युनिलिभर, क्लासिक टेक, द आइडिया जार, युएन, लुप नेटवर्क, सुलभ पे, मजेस्टिक मार्केटिङ र द ब्रिटिस कलेज रहेका छन् ।
द ब्रिटिस कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डल भन्छन्, ‘टीबीसीले हरेक वर्ष नेतृत्वदायी भूमिका खेल्दै आइरहेका कम्पनीहरु तथा विद्यार्थीहरुबीचको दूरीलाई नजिक बनाउनको लागि ब्रिजको रुपमा जब फेयरको आयोजना गर्दै आएको छ । जब फेयरमार्फत योग्य विद्यार्थीहरुले कामको अवसर पाउनुको साथै आफ्नो नेटवर्क विस्तार गर्न विशेष अवसर पाउनेछन् ।’
हाल कलेजमा अध्ययनरत तथा पूर्व विद्यार्थीहरुलाई सबैलाई जब फेयरमा सहभागी हुनको लागि कलेजले आग्रह गरेको छ । जब फेयरभन्दा अघि सहभागी हुन चाहने विद्यार्थीहरुले सर्वेक्षण फर्म भर्नुपर्नेछ । जब फेयरमा आउन चाहने विद्यार्थीहरुलाई कलेजले तालिमसमेत प्रदान गर्नेछ । विज्ञहरुबाट व्यक्तिगत विवरण (सीभी) बनाउने, तथा क्षमताको बारेमा जानकारी प्रदान गर्ने तथा अन्तर्वार्ताको प्रस्तुति तथा कुराकानीको बारेमा सिकाइनेछ ।
द ब्रिटिस कलेजका स्टुडेन्ट इन्टर्नसिप अफेर्स हेड सुनिल श्रेष्ठले भने, ‘टीबीसीले विद्यार्थीहरुलाई हरेक तरिकाले निपुण बनाउन तालिम प्रदान गर्दै आइरहेको छ । उनीहरुलाई आवश्यक पर्ने सीप तथा तालिम ग्रयाजुएट हुनुपुर्व नै सिकिसकेका हुन्छन् । जब फेयर पनि यसैअन्तर्गत विद्यार्थीहरुको उद्देश्य परिपुर्ति गर्नका लागि गरिँदै आएको कार्यक्रम हो ।’
प्रकाशित समय : १७:५३ बजे



















