nmb bank

गृहपृष्ठ थप २६९ जनामा कोरोना पुष्टि, १ जनाको मृत्‍यु

थप २६९ जनामा कोरोना पुष्टि, १ जनाको मृत्‍यु

थप २६९ जनामा कोरोना पुष्टि, १ जनाको मृत्‍यु

नेपालमा पछिल्लो २४ घण्टाभित्र थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ५५७ जनाको परीक्षणमा २६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार १ हजार ७३२ जनाको पीसीआर परीक्षण गर्दा १८० जना र १ हजार ८२५ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको हाे । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काेराेनाबाट थप एक जनाकाे ज्यान गएकाे छ । यस अवधिमा २१५ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ३ हजार ४ जना होम आइसोलेसनमा रहेका छन् भने १५४ जना संस्थागत आइसोलेसन र ४६ जना आइसीयूमा छन् । यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार २२७ पुगेको छ ।

प्रकाशित समय : १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु