nmb bank

गृहपृष्ठ आइएमईको दसैं अफर : आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा

आइएमईको दसैं अफर : आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा

आइएमईको दसैं अफर : आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा

आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ ।

अफरअनुसार विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसङ मोबाइल उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहारस्वरूप प्रदान गरिने छ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहारस्वरूप प्रदान गरिनेछ ।

बुधबार पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत उक्त अफर सार्वजनिक गरिएको हो । साे अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ब्राण्ड एम्बासडर दीपकराज गिरी, आइएमई ग्रुपका भाइस प्रेसिडेन्ट रूद्रराज पौडेललगायत उपस्थित थिए ।

ग्रुपका अध्यक्ष ढकालले आइएमईले आफ्नो स्थापनादेखि नै यस्ता अफर ल्याउँदै आएको स्मरण गर्दै यस्ता अफरले सेवाग्राही, व्यावसायिक साझेदार र कम्पनीबीचको त्रिपक्षीय सम्बन्धलाई मजबुत बनाउने बताए । ‘देशको आर्थिक क्रियाकलापमा रेमिटेन्सको भूमिका महत्त्वपूर्ण छ भन्ने कुरा अहिले आएर झनै प्रष्ट भएको छ । त्यसैले विदेशबाट आउने रेमिट्यान्स बढाउन हामी सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । रेमिटेन्स आप्रवाहलाई बढाउन, रेमिटेन्स पठाउँदा औपचारिक माध्यमबाट नै पठाउन यस्ता अफरहरूको आवश्यकता पर्दछ,’ अध्यक्ष ढकालले उल्लेख गरे ।

अध्यक्ष ढकालले एक फरक प्रसंगमा गैरआवासीय नेपाली संघसँगको सहकार्यमा निर्माण सम्पन्न भएको २७ मेगावाट क्षमताको दोर्दी खोलाको विद्युतीय उत्पादन भर्खरै राष्ट्रिय प्रसारण केन्द्रमा जोडिएकोमा प्रशन्नता व्यक्त गर्दै विदेशबाट आउने रेमिट्यान्सलाई यस्तै संघ/संस्थाहरूसँग सहकार्य गरी उत्पादनशील क्षेत्रमा आकर्षित गर्न आइएमई ग्रुप तयार रहेको जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ब्राण्ड एम्बासडर गिरीले सधैं जस्तो यसपटक पनि आइएमईको अफरमा सहभागी हुन आम सेवाग्राहीहरूलाई आग्रह गरे । भाइस प्रेसिडेन्ट पौडेलले सधैं आम सेवाग्राहीहरूलाई सरल, सुलभ र विश्वस्तरीय रेमिटेन्स सेवा प्रदान गर्न आइएमई प्रतिवद्ध रहेको बताउँदै चाडपर्वको समयमा रेमिटेन्स आप्रवाह बढ्ता हुने हुँदा समयमै झन्झटरहित ढंगले रेमिट्यान्स सेवा दिन कम्पनीले त्यही अनुरूपको तयारी पूरा गरेको बताए ।

कुल ८२ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थिममा आधारित हुनेछ । उक्त अफर २०७८ साल भदाै १६ गतेदेखि कात्तिक १६ सम्म कुल ९ हप्ता कायम हुनेछ ।

अफरमा शर्त लागू हुने कम्पनीको भनाइ छ । अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्रमार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरू तथा मिडियामार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु