गृहपृष्ठ फक्सवागनले ल्यायो दसैं-तिहार लक्षित अफर
फक्सवागनले ल्यायो दसैं-तिहार लक्षित अफर
फक्सवागन गाडीको लागि नेपालको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल दसैं र तिहारको अवसरलाई लक्षित गर्दै ‘Unbeatable Festive Offe’ योजना ल्याएको छ ।
यो योजनाअन्तर्गत फक्सवागन प्रिमियम चारपांग्रे सवारी साधनको खरिदमा ग्राहकहरुले शून्य दशमलव ९९ प्रतिशतबाट सुरु हुने गरी न्यूनतम ब्याजदरको लाभ प्राप्त गर्न सक्छन् । नयाँ कार किन्न र प्रिमियम कार संस्कृतिमा स्वीच हुन खोज्ने गाडीप्रेमीहरुलाई, यो अफर सबैभन्दा राम्रो अफर भएको कम्पनीको भनाइ छ ।
यो योजनामा उत्कृष्ट जर्मन-इन्जिनियर कारमा ‘इजी फाइनान्सिङ सुविधा’ प्राप्त हुनेछ । साथै, टेस्ट ड्राइभको लागि शोरुम भ्रमण गर्ने एक भाग्यशाली विजेताले नेपालको सबैभन्दा विलासी रिसोर्टमा स्टेकेशन जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।
यो योजना सेप्टेम्बर १ गतेदेखि देशभर लागू हुने कम्पनीले जनाएकाे छ । उत्कृष्ट उपभोक्तामुखी यो योजना सीमित समयको लागि मात्र मान्य हुने जनाइएको छ । पूजा इन्टरनेसनलले विगत १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ ।
प्रकाशित समय : १८:२९ बजे



















