global ime bank Long Banner Ad

गृहपृष्ठ फनपार्कले बुझायो कर

फनपार्कले बुझायो कर

फनपार्कले बुझायो कर

महागरपालिकाले कर तिर्न २४ घण्टे अल्टिमेटम दिएपछि राजधानीको भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कले करबापत १७ लाखभन्दा बढी रुपैयाँ बुझाएको छ ।

काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख शिव अधिकारीका अनुसार फनपार्कले महानगरपालिकालाई बिहीबार १७ लाख ३६ हजार रुपैयाँ कर बुझाएको छ । राजस्व विभाग प्रमुख अधिकारीका अनुसार मनोरन्जन करवापत फनपार्कले उक्त रकम बुझाएको हो ।

फनपार्कले साउनसम्मको कर तिरेको जानकारी राजस्व विभाग प्रमुख अधिकारीले दिए । यसअघि महानगरले २४ घन्टाभित्र सबै कर तिर्न फनपार्कलाई निर्देशन दिँदै नत्र बन्द गर्ने चेतावनी दिएको थियो ।

प्रकाशित समय : १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु