गृहपृष्ठ साफ यू-१७ पुरुष च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ
साफ यू-१७ पुरुष च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ
साफ यू-१७ पुरुष च्याम्पियनसिप खेल्न श्रीलंका जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार श्रीलंका जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।
प्रतियोगिताका लागि यू-१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् । नेपाली टोली शुक्रबार श्रीलंका प्रस्थान गर्नेछन् ।
प्रतियोगितामा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ । नेपालले पहिलाे खेलमा भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
नेपाली टोली-
गोलकिपर : क्रिसल मोक्तान, समीर चन्द, रुबिन बोगटी
डिफेन्डर : अश्विन घोरासैनी, सिमान्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रितम कार्की, धिरज विश्वकर्मा
मिडफिल्डर : प्रशान्त लक्सम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट, लच्छु थापा
फरवार्ड : निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम
प्रकाशित समय : १८:५५ बजे



















