nmb bank

गृहपृष्ठ झिनो अंकले घट्यो नेप्से, ७ उपसूचकमा हरियाली

झिनो अंकले घट्यो नेप्से, ७ उपसूचकमा हरियाली

झिनो अंकले घट्यो नेप्से, ७ उपसूचकमा हरियाली

पछिल्लो समय सेयर बजारको अवस्था खस्किँदो अवस्थामा छ । बिहीबार पनि सेयर बजार झिनो अंकले घटेकाे छ । आज नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२.२९ को विन्दुमा कायम भएको हाे ।

आज नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३८ करोड ३४ लाख रूपैयाँ माथिको कारोबार भएको छ । त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज जीवन बिमा, माइक्रोफाइनान्स, निर्जिवन बिमा, फाइनान्स, हाइड्रोपावर, विकास बैंक र होटल तथा पर्यटन समूह बढेको छ । बाँकी ६ उपसूचक राताम्य छन् ।

आज हिमालयन इभरेष्ट इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, अप्पर हेवाखोला हाइड्रोपावरको ६.५८, महुली लघुवित्तको ५.८४, सप्तकोशि डेप्लपमेन्ट बैंकको ५.२२ र प्रोग्रेसिभ फाइनान्सको ३.८२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यसैगरी राप्ति हाइड्रो एण्ड जनरलको ४.३८, गणपति लघुवित्तको ४.१, मैलङ खोला जल विद्युतको ३.६७, एनआइबीएल समृद्धि फण्डको ३.१३ र नेपाल रिइन्स्योरेन्स कम्पनीको ३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रकाशित समय : १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु