nmb bank

गृहपृष्ठ रिलायबल नेपाल लाइफले पूरा गर्‍यो स्थापनाकाे पाँच वर्ष

रिलायबल नेपाल लाइफले पूरा गर्‍यो स्थापनाकाे पाँच वर्ष

रिलायबल नेपाल लाइफले पूरा गर्‍यो स्थापनाकाे पाँच वर्ष

‘जीवन बिमा जरुरी छ’ भन्ने मूल नाराका साथ स्थापना भएको रिलायबल नेपाल लाइफले कम्पनी सञ्चालनको पाँच वर्ष पूरा गरी छैठो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशभर रहेकाे कम्पनीका शाखाहरूले विभिन्न सामाजिक कार्य गरेकाे छ ।

स्थापनाको यस अवधिमा कम्पनीले नेपाली बिमा बजारमा ५० लाखभन्दा बढी बिमालेख जारी गरेकाे छ । पाँंचौ वार्षिक उत्सवको अवसरमा कम्पनीले राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई पाँच लाख रुपैयाँ सहयाेग गरेकाे छ । ‘कम्पनीलाई यस स्थानसम्म पुयाउन सहयोग गर्नु हुने बीमितहरु, नियामक निकायहरु, एजेन्सी म्यानेजरहरु, अभिकर्ताहरु, संस्थापकहरु, कर्मचारीहरु, पत्रकारहरु, लगायतलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं,’ कम्पनीले भनेकाे छ ।

यसका साथै वार्षिक उत्सवको उपलक्ष्यमा भद्रपुर, विराटनगर, धनगढी शाखाद्वारा रक्तदान कार्यक्रम आयोजना गरकाे कम्पनीले जनाएकाे छ । राजविराज तथा वुटवल शाखाद्वारा स्थानीय अस्पतालमा बिरामीहरूलाई फलफूल वितरण गरेकाे थियाे । निजगढ शाखाले एकल महिलाहरुलाई खाद्य सामग्रीहरु वितरण गरेकाे थियाे भने बेशीसहर शाखाले ट्राफिक संकेत सहयोग गरी वार्षिकउत्सव मनाएकाे छ । यसका साथै मणिग्राम शाखाले अपांग आश्रमलाई सहयोग गरेकाे थियाे ।

आगामी दिनमा निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्ने कम्पनीले प्रतिवद्धता जनाएकाे छ ।

प्रकाशित समय : १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु