गृहपृष्ठ इजरायलले प्रहार गर्यो सिरियाली सहरमा क्षेप्यास्त्र
इजरायलले प्रहार गर्यो सिरियाली सहरमा क्षेप्यास्त्र
फाइल तस्बिर ।
इजरायलले सिरियामाथि क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको छ । बुधबार राति इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको प्राप्त समाचारमा जनाइएको छ ।
सो क्षेप्यास्त्र सिरियाको उत्तरी सहर अलेपोको एक विमानस्थलनजिकै प्रहार गरिएको हो । सिरियाली उत्तरी सहर अलेपोको एक विमानस्थल र त्यहाँ रहेको एक सैनिक क्याम्पमा सो क्षेप्यास्त्र हानिएको सिरियाली सेनाले बिहीबार प्रकाशन गरेको एक विज्ञप्तिमा जानकारी दिएको छ ।
मध्यरातमा विमानस्थलनजिकै हानिएको सो क्षेप्यास्त्रले केही संरचनामा क्षति पुगेको बताइएको छ । त्यसको एक घण्टापछि त्यहाँकाे सैनिक शिविरमा पनि सो हमला भएको सेनाको उक्त विज्ञप्तिमा जनाइएको छ ।
सिरियाली सैनिकले ती क्षेप्यास्त्रको प्रतिरक्षा गरेको जनाएको छ । तर कतिपय भौतिक संरचनामा सो आक्रमणबाट क्षति पुगेको भने सेनाले जनाएको छ । मानवीय क्षतिको विवरण भने प्राप्त नभएको यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
प्रकाशित समय : १३:४५ बजे



















