global ime bank Long Banner Ad

गृहपृष्ठ चोलेन्द्रको दोस्रो दिनको बयान सकियो

चोलेन्द्रको दोस्रो दिनको बयान सकियो

चोलेन्द्रको दोस्रो दिनको बयान सकियो

महाअभियोग सिफारिस समितिले दोस्रो दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिएको छ ।

जबरा बिहान ११ बजे सिंहदरबारमा पुगेका थिए । झण्डै २ घण्टा चलेको बयानका क्रममा जबरालाई २ वटा प्रश्न मात्र सोधिएको छ । जबराले समिति र संसदलाई नै प्रश्न गरेका थिए ।

महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये आजसम्म ६ वटा प्रश्न साेधिएकाे छ । बुधबार ४ वटा प्रश्न साेधिएकाे थियाे ।

अर्को बैठक आगामी १९ गते ११ बजेलाई राखिएको छ ।

प्रकाशित समय : १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु