nmb bank

गृहपृष्ठ एनसेलले पायो ‘फास्ट मोबाइल नेटवर्क’ अवार्ड

एनसेलले पायो ‘फास्ट मोबाइल नेटवर्क’ अवार्ड

एनसेलले पायो ‘फास्ट मोबाइल नेटवर्क’ अवार्ड

एनसेल आजियाटा लिमिटेडले नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । एनसेलले विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट जनवरी-जुन २०२२ को लागि साे अवार्ड प्राप्त गरेको हो ।

एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेलले यो अवार्ड पाएको हो । एनसेलले डाउनलोडमा १७.३१ एमबीपीएस र अपलोडमा ९.२६ एमबीपीएस गतिका साथ कुल १७.१६ स्पीड स्कोर प्राप्त गरेको थियो । यो स्कोर एनसेलको नेटवर्कमा डाउनलोड र अपलोड गतिका आधारमा निर्क्योल गरिएको हो ।

ऊक्लाले जनवरीदेखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पीडटेस्ट आईओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आवद्ध रहेका ग्राहकले गरेका कुल १६ हजार ९ सय २९ स्पीडटेस्टलाई तुलना गरेको थियो । ऊक्लाका अनुसार, परिक्षण नतिजा देशमा सामान्यतया उपलब्ध सबैभन्दा छिटो मोबाइल गति हासिल गर्न सक्षम भनि पहिचान गरिएका डिभाइसहरूमा लिइएका ‘सबै’ सेलुलर परिक्षणहरू समावेश रहेका छन् ।

अवार्डका बारेमा आफ्नो धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले विश्वको अग्रणी स्पीड टेस्टिङ कम्पनी ऊक्लाले नेपालको ‘फास्टेस्ट मोबाइल नेटवर्क’ को मान्यता प्रदान गरेकोमा निकै हर्षित भएको बताए । ‘यो अवार्ड हामीले आफ्नो प्रतिवद्धताबमोजिम सेवा प्रदान गरिहेका छौं भन्ने प्रमाण हो । यस अवसरमा हाम्रा सबै सरोकारवालाहरुलाई उनीहरुले विश्वास र ग्राहकहरुलाई सबैभन्दा उच्च गतिको मोबाइल डेटा सेवा प्रदान गर्नका लागि पुर्‍याएको सहयोग प्रति आभार व्यक्त गर्न चाहन्छु,’ उनले भने ।

यसै वर्ष मार्चमा एनसेल ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाका लागि ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ अवार्डबाट सम्मानित भएको थियो ।

त्यसैगरी अप्रिल महिनामा काठमाडौंमा आयोजित १४औं एचआर मिट सम्मेलनमा ‘एक्सिलेन्स इन इम्प्लोयर ब्राण्ड अवार्ड २०२२’बाट पनि एनसेल सम्मानित भएको थियो ।

प्रकाशित समय : १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु