global ime bank Long Banner Ad

गृहपृष्ठ अष्ट्रेलियामा ‘ड्रिम फेष्ट’ आयोजना हुँदै

अष्ट्रेलियामा ‘ड्रिम फेष्ट’ आयोजना हुँदै

अष्ट्रेलियामा ‘ड्रिम फेष्ट’ आयोजना हुँदै

अष्ट्रेलियाकोे सिड्नीमा मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने भएको छ । सिड्नीमा नेपालका राष्ट्रिय कलाकारहरुबाट ठूलो र भव्य नेपाली म्युजिक फेष्टिबल ‘ड्रिम फेष्ट’ हुने भएको हो ।

आगामी सेप्टेम्बर २३ मा हुने कार्यक्रमलाई मार्कक्यु होम्सले आयोजना गर्दैछ भने इभेन्ट म्यानेज ड्रिम हाइट्सले गरेको छ । अष्ट्रेलियामा पहिला सानो-सानो कार्यक्रम हुने गरेकोमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो र भव्य नेपाली म्युजिक फेष्टिबल हुने आयोजकको दावी छ ।

सन् २०१२ देखि अष्ट्रेलियाको विभिन्न कार्यक्रम गर्दै आएको ड्रिम हाइट्स इभेन्ट कम्पनीको दशौं वार्षिकोत्सवको अवसरको उपलक्ष्यमा ‘ड्रिम फेष्ट’ हुन लागेको हो । यो कार्यक्रम सिड्नीको मोर पार्कस्थित होर्डेन पेभिलियनमा सेप्टेम्बर २३ का दिन बेलुका ६ बजेबाट सुरु हुने जनाइएको छ ।

झण्डै ५५ सय जनाको क्षमता भएको होर्डेन पेभिलियनमा यसभन्दा पहिले इपीक क्लापटन, एसी/डीसी, निर्भाना, दीप पर्पल लगायतले आफ्नो प्रस्तुति दिइसकेका छन् । त्यही हलमा ‘ड्रिम फेष्ट’ हुने भएकाले यसलाई महत्वका साथ लिइएको छ ।

ड्रिम हाइट्सले सिड्नीमा रहेका नेपाली समाजको चाहानाअनुसार कलाकारहरुलाई अष्ट्रेलियामा झिकाएर नेपालीहरुको मन जित्न सफल भइरहेको छ । १० वर्षको वार्षिक अवसर पारेर हुने म्युजिकल फेष्टिबलमा नेपालका योङ गायक तथा कलाकार सुसान्त केसी, समीर श्रेष्ठ, र्‍यापर योद्धा र लोकप्रिय ब्राण्ड एलबाट्रसको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

ड्रिम फेष्टलाई अझै मनोरञ्जनात्मक बनाउनका लागि सिड्नीमै आधारित फाल्चा अष्ट्रेलिया नेपाली रेस्टुरेन्टको फुड स्टल राखेर नेपाली स्वाद पनि चखाउने जनाइएको छ । कार्यक्रमलाई ग्रेस इन्टरनेशनल एजुकेशन तथा माइग्रेसनले साथ दिएको छ ।

प्रकाशित समय : १३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु