गृहपृष्ठ मुक्तिनाथ विकास बैंकको मुद्दती योजनामा २२.५० लाखसम्मको बिमा सुविधा
मुक्तिनाथ विकास बैंकको मुद्दती योजनामा २२.५० लाखसम्मको बिमा सुविधा
मुक्तिनाथ विकास बैंकले ग्राहकको लागि ‘मुक्तिनाथ उत्कृष्ट मुद्दती’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले यस याेजनामा १२ प्रतिशत ब्याजदरसहित २२.५० लाखसम्मको बिमा सुविधा रहेकाे जनाएकाे छ ।
यो योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खातामा न्यूनतम ५ लाख मौज्दात राखेर मुद्दती खाता खोल्ने खातावालहरुले आफनो लागि १० लाखसम्मको दुर्घटना बिमा, २ लाखको घातक रोग बिमा र ५० हजारको आवधिक जीवन बिमा, साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत १० लाखसम्मको दुर्घटना बिमा सुविधा पाउनेछन् ।
यस योजनाअन्तर्गत ग्राहकहरुले १ वर्षदेखि २ वर्ष सम्मको मुद्दती खाता खोल्न सक्नेछन् र साेही अवधिको लागि बिमा सुविधा प्राप्त गर्नेछन् । यसका साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
प्रकाशित समय : १३:११ बजे



















