गृहपृष्ठ ‘नागरिकता विधेयक’ सम्बन्धीको सन्देश वाचन
‘नागरिकता विधेयक’ सम्बन्धीको सन्देश वाचन
राष्ट्रिय सभा
प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ विधेयक फिर्ता गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश राष्ट्रिय सभा बैठकमा सुनाइएको छ ।
आइतबार बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले नागरिकता विधेयक फिर्ता गर्ने क्रममा राष्ट्रपतिले पठाएको सन्देश वाचन गरेका हुन् ।
संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकका केही विषयमा सुझाव र सन्देशसहित पुनर्विचार गर्न राष्ट्रपति भण्डारीले पुनः संघीय संसदमा फिर्ता पठाएकी छन् ।
प्रकाशित समय : १३:५९ बजे



















