गृहपृष्ठ एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड
एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड
एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड भएको छ ।
बैंकले ६ वर्षे अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको अंकित मूल्य १ हजार रुपैयाँ दरका २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।
बैंकले साउन १८ गतेदेखि भदौ १ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको एभरेष्ट बैंकको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बाँडफाँड भएको कम्पनीले एक सूचना जारी गर्दै जनकारी दिएको छ ।
बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्रमा रितपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई भदौ १० गते शुक्रबार बाँडफाँड गरेको जनाएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
प्रकाशित समय : १३:५७ बजे





















