काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हुन्डाई नेपालद्वारा वृक्षारोपण

11.76K
shares

हुन्डाई नेपालले चुनीखेलस्थित रातोमाटे डाँडामा वृक्षारोपण गरेको छ । सकारात्मक परिवर्तन अभियानअन्तर्गत रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा २०० भन्दा बढी बिरुवा रोपिएको कम्पनीले जनाएको छ ।

वृक्षारोपण कार्यक्रममा ईभीका विभिन्न उमेर समूहका करिब १५० जनाको सहभागिता रहेको थियो । सो क्रममा कोना र आयोजिन ५ गरी ४० भन्दा बढी विद्युतीय गाडीहरू थापाथलीबाट बूढानीलकण्ठसम्म पुगेका थिए । पर्यावरणमैत्री प्रतिबद्धतामा ऐक्यवद्धता गर्ने पहलस्वरूप यो अभियान सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

अभियानअन्तर्गत गरिएको प्रारम्भिक चरणका कार्यक्रमहरूमध्ये एक वृक्षारोपणले साधारण सवारी साधनहरुको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्ने आशा कम्पनीले राखेको छ ।