गृहपृष्ठ लुब्रिकेन्ट ब्रान्ड ‘डकहम्स’ नेपाली बजारमा पुन: प्रवेश
लुब्रिकेन्ट ब्रान्ड ‘डकहम्स’ नेपाली बजारमा पुन: प्रवेश
ब्रिटिश लुब्रिकेन्ट ब्रान्ड ‘डकहम्स’ नेपालको बजारमा पुन: प्रवेश गरेको छ । सन् १८९९ मा स्थापित यो प्रतिष्ठित ब्रिटिश ब्रान्डले लुब्रिकेन्ट बजारमा थुप्रै इनोभेसन टेक्नोलोजीको सुरूआात गरेको जनाइएको छ ।
युरोपकै पहिलो मल्टी ग्रेड आयल भनिएको यो ब्रान्ड स्थापना भएको छोटो समयमै थुप्रै क्लासिक कार रोल्स रोयस, बेन्ट्ले, अस्टिन, रोभरजस्ता ब्रान्डहरूको रुचाएको लुब्रिकेन्ट बन्न सफल भएको थियो ।
एक मात्र हरियो कलरको यो लुब्रिकेन्टले, विश्व कार र मोटरसाइकल रेसिङका विभिन्न चरणहरूमा आफूलाई प्रमाणित गरेको कारण हाई पर्फमेन्स ब्रान्डको रूपमा परिचित भएको कम्पनीले बताएको छ ।
स्थानीय अटो मेकानिक्सले यसको प्रिमियम गुणस्तरका कारण डकहम्सलाई विश्वस्तताका साथ सिफारिस गर्नुको साथै अटोमोबाइलको आयु बढाउने लुब्रिकेन्टको रूपमा विश्वास गरेको पाइन्छ । यस लुब्रिकेन्टलाई ‘अटोमोबाइल्सका लागि जडिबुटी’ भनेर मेकानिक्सहरूले सम्बोधन गर्ने गर्दछन् । सन् २०१७ मा डकहम्स नयाँ नेतृत्व र नयाँ ब्रान्ड आउटलुकको साथ विश्व लुब्रिकेन्ट बजारमा पुन: प्रवेश गरेको थियो ।
नेपाल प्रमुख बजार भएकाले ब्रान्डलाई सुदृढ पार्न र ब्रान्डप्रति ग्राहकको विश्वास जगाउन ओटेक ट्रेडर्स प्रालिलाई डकहम्स इन्टरनेसनलले आधिकारिक वितरकको रूपमा नियुक्त गरेको छ ।
ओटेक ट्रेड विभिन्न क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव बोकेको प्रमुख व्यापार समूह हो । कम्पनीसँग सूचना प्रविधि, पूर्वाधार र ऊर्जाको क्षेत्रमा प्रमाणित अन्तर्राष्ट्रिय र घरेलु ट्रयाक रेकर्ड छ । कम्पनीले यूएईबाट डकहम्स लुब्रिकेन्ट सिधै आयात गर्ने भनिएको छ ।
प्रमुख सहरहरूमा कम्पनीले डिलरहरू पनि नियुक्त गरिसकेको छ । एक वर्षअघि सञ्चालन सुरू गरिसकेको भए पनि देशमा लकडाउनको अवस्थाका कारण औपचारिक काराेबार स्थगित गरिएको थियो ।
ओटेक ट्रेडका म्यानेजिङ डाइरेक्टर वर्ण न्यौपाने र एक्जिक्युटिभ डाइरेक्टर विन्यास न्यौपानेले विश्वका ३० भन्दा बढी देशमा ग्राहकको मन जित्न सफल डकहम्स ब्रान्डले नेपालमा समेत ग्राहकको अपेक्षा पूरा गर्ने र उनीहरूसँग नजिक रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रकाशित समय : १६:०४ बजे




















