global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रद सेयर भर्ने मंगलबार अन्तिम दिन

ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रद सेयर भर्ने मंगलबार अन्तिम दिन

ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रद सेयर भर्ने मंगलबार अन्तिम दिन

ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रद सेयर भर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ ।

कम्पनीले साउन १८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा असार १९ गतेसम्म कायम रहने सेयरधनीले आवेदन दिन सक्नेछन् । आज कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यस्तै, कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । त्यसैले, आवेदकले सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंकको विभिन्न शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि भने चुक्ता पूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित समय : ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु