गृहपृष्ठ Tag: मतपरिणाम
पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल विजयी भएका छन् । रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् । रिजालले ३१ हजार १ सय ४२ मत ल्याएका छन् भने मियाँले २५ हजार...
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आउने दाबी गरे । आठ दिनभित्र...
हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा यो निर्वाचन कांग्रेसको पक्षमा परेका छन् । मुस्ताङको प्रतिनिधि सभा र प्रदेश सभाका तीनै सीट तथा मनाङको प्रतिनिधि सभा र प्रदेशसभाको एक सीटमा कांग्रेस उम्मेद्वार विजयी भए । मनाङको एउटा क्षेत्रमा भने स्वतन्त्र उम्मेद्वार सर्वसम्मत...
काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ । अब गन्न बाँकी मत ४ हजार ८७१ छ । तर अहिले नै गगनको मतान्तर ५ हजारभन्दा बढी भएकाले उनको जित निश्चित भएको हो...
काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेले अग्रता कायम गरेको छ । एमालेका श्यामकुमार घिमिरे २ हजार ४०५ मतसहित अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली २ हजार ३८७ मत पाएका छन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता...
प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले समानुपातिकतर्फ ६१ हजार १६१ मत पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले ५४ हजार १२५ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नम्बर २ मा भारी अग्रता कायम गरेका छन् । प्रचण्ड ४ हजार ८३२ मतसहित अगाडि हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी १ हजार ४२४ मतसहित पछ्याइरहेका छन् । प्रमुख प्रतिपक्षी एमालेका...
सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले अग्रता लिएका छन् । डा.राउतले ११ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् भने जसपा अध्यक्ष उपेन्द्र यादव ५ हजार ८ सय ४६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । वाम...
भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी रेनु दाहालले सात हजार ४१५ मतले अग्रता लिएकी छिन् । ८९ हजार ५०८ मतगणना गर्दा उनले ३५ हजार ९८ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का विजय सुवेदीले २७ हजार ६८३ मत प्राप्त...
गत वैशाख ३० गते स्थानीय तहकाे निर्वाचन भएका देशका ७५३ पालिकामध्ये ५७० वटामा मतगणना सकिएको छ । मतगणना सकिएकामध्ये सबैभन्दा बढीमा नेपाली कांग्रेसले जित हासिल गरेकाे छ । निर्वाचन आयोगका अनुसार मतगणना सम्पन्न भएका ५७० पालिकामध्ये कांग्रेस एक्लैले २५३ वटा...












