गृहपृष्ठ काठमाडौं ४ मा गगन थापाको जित पक्का

काठमाडौं ४ मा गगन थापाको जित पक्का

काठमाडौं ४ मा गगन थापाको जित पक्का

काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ ।

अब गन्न बाँकी मत ४ हजार ८७१ छ । तर अहिले नै गगनको मतान्तर ५ हजारभन्दा बढी भएकाले उनको जित निश्चित भएको हो ।

काठमाडौं क्षेत्र नम्बर ४ मा गगनसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धामा छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेको पकड भएको भनिएका वडाहरुबाट उल्लेख्य मत प्राप्त गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ मा थापा र एमालेका डा। राजन भट्टराई मुख्य प्रतिस्पर्धी हुन् । यो क्षेत्रमा काठमाडौं महानगरका चारवडा १, ७, ८ र ३० सहित बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडाहरु पर्दछन् ।

स्थानीय तहको मतको आधारमा राजनका लागि बुढानीलकण्ठका वडाहरु अनुकूल थियो । बुढानीलकण्ठको प्रमुखसहित सबै वडाका अध्यक्षमा एमाले विजयी भएको थियो । तर त्यही क्षेत्रबाट थापाले धेरै मत पाएका छन् ।

प्रकाशित समय : १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु