गृहपृष्ठ सप्तरी–२ मा सिके राउतले उपेन्द्र यादवलाई दोब्बरले पछि छोडे

सप्तरी–२ मा सिके राउतले उपेन्द्र यादवलाई दोब्बरले पछि छोडे

सप्तरी–२ मा सिके राउतले उपेन्द्र यादवलाई दोब्बरले पछि छोडे

सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष  डा. सिके राउतले अग्रता लिएका छन् ।

डा.राउतले ११ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् भने जसपा अध्यक्ष उपेन्द्र यादव ५ हजार ८ सय ४६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । वाम गठबन्धनका जयप्रकाश ठाकुरले २ हजार १ सय ६५ मत प्राप्त गरेका छन् ।

सप्तरी–२ क मा जनमत पार्टीका सतिस सिंहले १० हजार ८ सय ३२ मत प्राप्त गरी पहिलो स्थानमा छन् । जसपाका शैलेन्द्र प्रसाद साह ५ हजार २ सय ८ मत प्राप्त गरी दोस्रो स्थानमा छन् भने  लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल ४ हजार १ सय ७१ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

सप्तरीकै २ को ख मा जनमत पार्टीका महेश यादव ९ हजार ७ सय ६१ मत प्राप्त गरी अग्रता कायम गरिरहेका छन् । वाम गठबन्धनका उमेश यादवले ५ हजार २ सय ७८ मत प्राप्त गरी दोस्रो स्थान बनाउँदा जसपाका लक्ष्मण यादव ४ हजार १ सय ७१ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित समय : ०८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु