गृहपृष्ठ Tag: मतदान
आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी...
मतदान सुरू हुन १५ घण्टा मात्रै बाँकी हुँदा समेत सप्तरीमा मतदाता शिक्षा दिन काेही पुगेका छैनन् । मतदाता शिक्षा दिनेहरू गाउँ टोलमा नपसेपछि भाेलि कसरी मतदान गर्ने हाेला भनेर अलमलमा परेकाे राजविराज नगरपालिका-२ राजदेवी टोलकी सकिना खातुनले बताइन्। उनले भनिन्,´यसपालि...
काठमाडाैं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका नाकाहरुबाट घर फर्किने मानिसहरुको चहलपहल बढेको छ । भोट हाल्न दुई दिन मात्रै बाँकी रहेसँगै कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रुहरुको चहलपहल अघिल्ला दिनको...
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य...
आगामी मंसिर ४ गते अत्यावश्यकीय सेवाका सवारी साधन सञ्चालन गर्न दिइने भएको छ । निर्वाचन आयोगका अनुसार बिरामी बोकेको एम्बुलेन्स, शववाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारीसाधन, दूध बोक्ने सवारीसाधन सञ्चालन गर्न दिइनेछ । सञ्चारकर्मीहरुलाई सूचना विभाग वा सञ्चारगृहबाट...
निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्नेको सूची तयार पारेको छ । आयोगले गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी, आफ्नो काखे बालबालिका साथमा भएकी महिला, अपांगता भएका व्यक्त तथा अन्य (लैंगिक तथा यौनिक...
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी...
बाजुराको बूढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा विवादको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ । बाजुरामा जारी पुनः मतदानमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा विवाद भएपछि आज हुन...
बाजुराको बुढीगंगा नगरपलिकामा बिहीबार स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको जानकारी दिए ।...
गत वैशाख ३० गते स्थगन भएकामध्ये बारा र रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । रौतहटको गरुडा नगरपालिका वडा नं. ७, बौधीमाई नगरपालिकाको वडा नं. १, २ र ९, गढीमाई नगरपालिकाको वडा नं. ३ र...












