गृहपृष्ठ Tag: स्थानीय निर्वाचन
विवादका कारण स्थगित भएको धरान उपमहानगरको मतगणना पुन: सुरु भएको छ । बिहान करिब पौने ९ बजेदेखि मतगणनाको काम सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । अहिले वडा नम्बर ८, १२ र १९ को मतगणना भइरहेको छ ।...
गत वैशाख ३० गते स्थगन भएकामध्ये बारा र रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । रौतहटको गरुडा नगरपालिका वडा नं. ७, बौधीमाई नगरपालिकाको वडा नं. १, २ र ९, गढीमाई नगरपालिकाको वडा नं. ३ र...
राजनीतिक विवाद र उम्मेदवारको निधनका कारण गत वैशाख ३० गते स्थगन भएकामध्ये आठ स्थानीय तहका विभिन्न मतदानस्थलका मतदान केन्द्रमा आज शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका सबै मतदानस्थल, दाङको तुलसीपुर उपमहानगरपालिका-१७, सिरहाको...
सुर्खेतको बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्नेत वडा सदस्यमै पराजित भएका छन् । बराहताल गाउँपालिका-८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्नेतलाई एमालेका प्रेमराज लिम्बू र छविलाल जैसीले हराएका हुन् । बस्नेतले ५३९ मत मत पाएको थिए भने लिम्बूले ५९१...
तुलनात्मक रूपले कम मतदाता रहेका स्थानीय तहमा निर्वाचनको अन्तिम परिणाम प्राप्त हुन थालेका छन् । पछिल्लाे अपडेटअनुसार अहिलेसम्म ७६ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । सोमबार बिहान ६ बजेसम्म सार्वजनिक भएकाे अन्तिम मत परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी स्थानीय तहमा विजय...
गत वैशाख ३० गते स्थगन भएकामध्ये चार स्थानीय तहका विभिन्न छ मतदान केन्द्रमा आज निर्वाचन भएको छ । निर्वाचन आयोगका अनुसार आज निर्वाचन जारी रहेका मतदानस्थलमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकाको जनता माविको २ केन्द्र, कालीकोटको रास्कोट गाउँपालिकाको रमाल मष्टो माविको १...
रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा गरिएको छ । अन्तिम मतपरिणाम घोषणा भएका वडामध्ये २० मा नेकपा (माओवादी केन्द्र), पाँचमा नेपाली कांग्रेस, चारमा नेकपा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । ७२ वडा रहेको...
ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणना रोकिएको छ । आइतबार मतगणनाका क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ५५ वटा मतपत्र भेटिएपछि विवाद भएको सुरू भएकाे हाे । विवाद बढ्दै गएपछि गणना रोकिएको जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरेले जानकारी दिइन् । उनका अनुसार...
यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये १९ केन्द्रमा आउँदो जेठ १, २ र ३ गतेका लागि नयाँ निर्वाचन मिति तय गरिएको छ । स्थगन भएकामध्ये...
चीनको सिमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७, याङमा मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटीका आइपुग्न तीन दिन लाग्ने भएको छ । वैकल्पिक व्यवस्थापनको समस्याका कारण उक्त स्थानको मतिपेटिका पैदलमार्ग हुँदै मतगणनास्थल ल्याउन लागिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिकूल मौसमका कारण हेलिकोप्टर...













