गाउँपालिकाका निवर्तमान अध्यक्ष वडा सदस्यमै पराजित
वि.सं.२०७९ जेठ ३ मंगलवार १५:५६
shares

सुर्खेतको बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्नेत वडा सदस्यमै पराजित भएका छन् । बराहताल गाउँपालिका-८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्नेतलाई एमालेका प्रेमराज लिम्बू र छविलाल जैसीले हराएका हुन् ।
बस्नेतले ५३९ मत मत पाएको थिए भने लिम्बूले ५९१ र जैसीले ५७८ मत पाएका थिए । उनी २०७४ मा गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । तर, ३० वैशाखमा भएको निर्वाचनमा उनी वडा सदस्यमा भिडेका थिए ।
























