अमेरिकामा लक्ष्मणलाई रजत पदक
वि.सं.२०७९ जेठ ३ मंगलवार १६:२६
shares

नेपाली खेलाडी लक्ष्मण बहादुर ऐरले अमेरिकाको मिचिगन राज्यमा सञ्चालन भएको '१३औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता'मा रजत पदक जित्न सफल भएका छन् ।
उनले पुरुष ४१-५० वर्षको एकल पुम्सेमा ६.९ अंक जोडी दोस्रो स्थानमा रहे । अमेरिकन पुम्से टिमका रोन सुथविकले ७.१ अंक जोडी प्रथम भएका थिए भने अर्का नेपाली खेलाडी दिपक रानाले ६.१ अंक जोडी तेस्रो स्थान हात पार्न सफल भएका थिए । विश्व तेक्वान्दो पुम्से कमिटिका सदस्यसमेत रहेका अन्तर्राष्ट्रिय निर्णायक ग्राण्ड मास्टर रेमोण्ड सु लगायत अन्य अन्तर्राष्ट्रिय निर्णायकहरुले उक्त प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
गेरुगी (फाइट)तर्फ लक्ष्मणले निर्णायको भूमिकासमेत निर्वाह गरेका थिए ।























