global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ अमेरिकामा लक्ष्मणलाई रजत पदक

अमेरिकामा लक्ष्मणलाई रजत पदक

अमेरिकामा लक्ष्मणलाई रजत पदक

नेपाली खेलाडी लक्ष्मण बहादुर ऐरले अमेरिकाको मिचिगन राज्यमा सञ्चालन भएको '१३औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता'मा रजत पदक जित्न सफल भएका छन् ।

उनले पुरुष ४१-५० वर्षको एकल पुम्सेमा ६.९ अंक जोडी दोस्रो स्थानमा रहे । अमेरिकन पुम्से टिमका रोन सुथविकले ७.१ अंक जोडी प्रथम भएका थिए भने अर्का नेपाली खेलाडी दिपक रानाले ६.१ अंक जोडी तेस्रो स्थान हात पार्न सफल भएका थिए । विश्व तेक्वान्दो पुम्से कमिटिका सदस्यसमेत रहेका अन्तर्राष्ट्रिय निर्णायक ग्राण्ड मास्टर रेमोण्ड सु लगायत अन्य अन्तर्राष्ट्रिय निर्णायकहरुले उक्त प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

गेरुगी (फाइट)तर्फ लक्ष्मणले निर्णायको भूमिकासमेत निर्वाह गरेका थिए ।

प्रकाशित समय : १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु