गृहपृष्ठ रोल्पामा २० माओवादी केन्द्र, ५ कांग्रेस, ४ एमाले र १ स्वतन्त्र विजयी
रोल्पामा २० माओवादी केन्द्र, ५ कांग्रेस, ४ एमाले र १ स्वतन्त्र विजयी
रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा गरिएको छ । अन्तिम मतपरिणाम घोषणा भएका वडामध्ये २० मा नेकपा (माओवादी केन्द्र), पाँचमा नेपाली कांग्रेस, चारमा नेकपा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । ७२ वडा रहेको रोल्पामा २० वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।
नेकपा माओवादी केन्द्र विजयी भएका वडाहरु
रोल्पा नगरपालिका-१ मा खुमबहादुर थापा वडा नं २ मा प्रकाश डाँगी, वडा नं. ४ मा मित्रलाल गुरुङ र वडा नं. ५ मा टोपबहादुर नेपाली वडा नंं. ६ मा तुलबहादुर घर्तीमगर माओवादीबाट विजयी भएका हुन् । सुनिलस्मृति गाउँपालिका-१ मा गोवर्द्धन कुँवर र वडा नंं. ३ मा दुर्गाबहादुर विष्ट लुंग्री गाउँपालिका-७ मा हीराबहादुर पुन र वडा नं. ६ मा जोखबहादुर बुढाथोकी वडा नं. ५ मा रिकबहादुर रोका विजयी भएका हुन् ।
थवाङ गाउँपालिका-५ मा गोवर्द्धन घर्तीमगर र वडा नंं. ३ मा जनक बुढामगर वडा नंं. २ मा अविलासा रोकामगर विजयी भएका हुन् । परिवर्तन गाउँपालिका वडा नंं. १ मा मैते बुढामगर र वडा नंं. २ मा हरिप्रसाद घर्तीमगर विजयी भएका छन् । त्रिवेणी गाउँपालिका-१ मा देउराम घर्तीमगर, रुन्टीगढी गाउँपालिका-२ मा भिउलाल पुन, माडी गाउँपालिका-१ मा रोहित सिंह घर्तीमगर र वडा नंं. २ मा ललित घर्तीमगर विजयी भएका छन् । सुनछहरी गाउँपालिका-१ मा धर्मेन्द्र रोकामगर र वडा नं. २ मा कृष्णबहादुर बुढामगरले जित हासिल गरेका हुन् ।
नेपाली कांग्रेस विजयी भएका वडा
नेपाली कांग्रेसबाट गंगादेव गाउँपालिका-१, २ र ७ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं. १ मा अमृतबहादुर वली, वडा नं. २ मा अमरबहादुर थापा, वडा नंं. ७ मा प्रेमप्रकाश केसी विजयी भए । रोल्पा नगरपालिका-३ मा राजकुमार पुरी र रुन्टीगढी गाउँपालिका-१ मा थमबहादुर घर्तीमगर विजयी भएका छन् ।
नेकपा एमाले विजयी भएका वडा
नेकपा एमालेबाट थवाङ गाउँपालिका-४ हिकमत घर्तीमगर विजयी भए । यसैगरी त्रिवेणी गाउँपालिका-२ कविराज बुढामगर र गङ्गादेव गाउँपालिका-६ बाट वीरबहादुर वली र रुन्टीगढी गाउँपालिका-३ गणेश गिरी विजयी भए ।
स्वतन्त्र विजयी भएका वडा
रोल्पाको सुनिलस्मृति गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार नेत्रबहादुर गिरी विजयी भएका छन् । गिरी २०७४ सालको स्थानीय तह निर्वाचनमासमेत स्वतन्त्र उम्मेदवारी दिई विजयी भएका थिए ।
प्रकाशित समय : २०:४१ बजे



















