गृहपृष्ठ ललितपुरको महालक्ष्मीमा हस्ताक्षर नभएको मतपत्र भेटियाे
ललितपुरको महालक्ष्मीमा हस्ताक्षर नभएको मतपत्र भेटियाे
ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणना रोकिएको छ । आइतबार मतगणनाका क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ५५ वटा मतपत्र भेटिएपछि विवाद भएको सुरू भएकाे हाे ।
विवाद बढ्दै गएपछि गणना रोकिएको जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरेले जानकारी दिइन् । उनका अनुसार वडा नम्बर-१० को मतगणनामा हस्ताक्षरबिनाका मतपत्र भेटिएकाे हाे । अहिले सर्वदलीय बैठक बसेर समस्या समाधान गर्ने प्रयास भइरहेको जिल्ला निर्वाचन अधिकृत घिमिरेले बताइन् ।
विवादअघि नगरपालिकामा एक हजार ४९८ मतगणना भइसकेकाे थियाे ।
प्रकाशित समय : २०:०५ बजे



















