काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

उत्तर कोरियामा कोभिड नियन्त्रणका लागि कडा मापदण्ड लागू

7.35K
shares

उत्तर कोरियाले कोभिड १९ को संक्रमणबाट नियन्त्रणका लागि निकै कडा मापदण्डहरु लागू गरेको छ । सो मापदण्डअनुसार यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको छ । त्यहाँका नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन । तर पछिल्ला केही दिनयता ज्वरोका बिरामीहरु बढेकाले उनीहरुको उपचारमा भने स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बताइएको छ ।

त्यहाँ शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको बताइएको थियो । उत्तर कोरियालमा पछिल्ला केही दिनयता ज्वरोका बिरामी बढेका पाइएको छ । ती ज्वरोका बिरामीहरुमा कोभिड भएको आशंका पनि गरिएको छ । यहाँ कोभिड-१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाखभन्दा बढी मानिस बिरामी परेको बताएको छ ।

उत्तर कोरियाली जनस्वस्थ्य मन्त्रालयको संयोजनमा ती ज्वरोका बिरामीहरुको उपचारका काम भएको छ । यहाँ ज्वरो आउने बिरामीको संख्या बढ्दै गएको पनि बताइएको छ ।ती ज्वरोका बिरामीमा कोभिडको संक्रमण भएको आशंका गरिएकाले उपचारमा पनि सतर्कता अपनाइएको बताइएको छ ।

त्यहाँ कोभिड विरुद्धको खोप लगाइएको छैन । उत्तर काेरियामा खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । उत्तर कोरियाको राजधानीमा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेका बिहीबार पुष्टि भएको थियो । त्यहाँ नेता किम जोङ उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिएअनुसार देशव्यापी रुपमा लकडाउन भइरहेको बताइएको छ ।