nmb bank

गृहपृष्ठ सुनको मूल्यमा उल्लेख्य गिरावट

सुनको मूल्यमा उल्लेख्य गिरावट

सुनको मूल्यमा उल्लेख्य गिरावट

आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार काराेबारकाे पहिलाे दिन आज सुनकाे मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ घटेको हाे ।

वैशाख २९ गते छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ थियो । त्यस दिन तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो । आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ रहकाे महासंघले जनाएकाे छ ।

त्यसैगरी, जेठ २९ गते प्रतितोला १२ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घटेको छ । आजकाे लागि चाँदीको कारोबार मूल्य १२ सय ४० रुपैयाँ कायम भएकाे हाे ।

प्रकाशित समय : १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु