आज सोमबारकालागि यस्तो रहने छ तपाइको राशिफल
वि.सं.२०८३ मंसिर ७ सोमवार ०५:४९
shares

मेष : अध्ययनमा सुधार हुँदै जानेछ भने प्रतिस्पर्धामा अरूलाई पछि पार्दै अगाडि बढ्न सकिनेछ। मेहनत र जुझारु कार्यशैलीले लक्ष्य हासिल गर्न सहज हुनेछ। व्यवसाय विस्तार हुनुका साथै आम्दानी बढ्ने योग छ। परिवारसँग रमाइलो वातावरणमा समय बिताउने अवसर मिल्नेछ। बैंक तथा वित्तीय क्षेत्रको शेयरबाट लाभ लिन सकिनेछ।
वृष : विदेशी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। स्वास्थ्य सामग्री तथा औषधिजन्य व्यापारबाट लाभ मिल्नेछ। काम वा अध्ययनका सिलसिलामा लामो दूरीको यात्रा हुन सक्छ। विदेशी भाषा तथा परराष्ट्रसम्बन्धी कामबाट आम्दानी हुनेछ। आर्थिक क्षेत्र तथा पुँजी बजारमा लगानीबाट लाभ मिल्ने योग छ। यद्यपि, गैरन्यायिक काममा संलग्न हुँदा दण्ड वा जरिवाना भोग्नुपर्ने हुन सक्छ। प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्छ।
मिथुन : व्यापार व्यवसायमा लगानी गर्दा आम्दानी बढ्नेछ। आर्थिक अभावका कारण रोकिएका कामले गति लिनेछन्। उपलब्ध स्रोतसाधनको सदुपयोग गर्दै प्रगति गर्न सकिनेछ। बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट आम्दानी बढ्नेछ। प्रेम सम्बन्धमा निकटता बढ्नुका साथै जीवनसाथीसँग आत्मीयता थपिनेछ। यात्रा तथा खेलकुदबाट मनोरञ्जन मिल्नेछ।
कर्कट : आफन्त तथा परिवारसँग रमाइलो र उपलब्धिमूलक यात्राको योग छ। काम गर्ने जोस, जाँगर र आत्मविश्वास बढ्नेछ। न्यायिक काममा देखिएका समस्या क्रमशः समाधान हुँदै जानेछन्। साथीभाइ तथा इष्टमित्रको सहयोग प्राप्त हुनेछ। मान्यजनको साथ र सहयोगमा थालेका काम सफल हुनेछन्। नयाँ कामबाट राम्रो लाभ मिल्नेछ भने रोजगारीको खोजीमा रहेकाहरूले अवसर पाउन सक्नेछन्।
सिंह : व्यवसायका सिलसिलामा लामो दूरीको यात्रा हुन सक्छ। यात्रा तथा पर्यटन व्यवसायमा प्रगति हुनेछ। धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भएर उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ। प्रेम सम्बन्धमा रमाउने अवसर मिल्नेछ। सानो प्रयासबाटै राम्रा काम बन्नेछन्। खोज तथा अनुसन्धानका क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ।
कन्या : अप्रत्याशित धन तथा सम्पत्ति प्राप्तिको योग छ। आफन्त तथा दिदीबहिनीको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न गर्न सकिनेछ। प्रेम सम्बन्धका लागि समय अनुकूल रहनेछ। व्यापार व्यवसायमा उल्लेख्य वृद्धि हुनेछ। शुभ तथा माङ्गलिक समारोहमा सहभागी हुने अवसर मिल्नेछ। रोजगारीका सिलसिलामा लामो दूरीको यात्रा हुन सक्छ। बुधको शुभ प्रभावले लेखन तथा साहित्य क्षेत्रमा अधुरा काम पूरा हुनेछन्।
तुला : विपरीत लिङ्गप्रतिको आकर्षण बढ्नेछ। विलासी वस्तुको प्रयोगबाट अरूको ध्यान आकर्षित गर्न सकिनेछ। बुद्धिमत्ता र विवेकको प्रयोगबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध तथा दाम्पत्य जीवन सुखद रहनेछ। साझेदारी व्यवसायबाट लाभ मिल्नुका साथै पारिवारिक भेटघाटको अवसर जुर्नेछ। शेयर बजारबाट नाफा कमाउन सकिने योग छ।
वृश्चिक : मुद्दामामिला तथा न्यायिक निर्णयहरू आफ्नो पक्षमा आउने सम्भावना छ। अध्ययनमा उत्कृष्ट नतिजा हासिल गर्दै अग्रस्थानमा आउन सकिनेछ। व्यापार व्यवसाय फस्टाउनुका साथै आम्दानी बढ्नेछ। प्रतिस्पर्धामा अरूलाई पछि पार्न सकिनेछ। पुराना ऋण तथा समस्याहरू समाधान हुँदै जानेछन्। मामा तथा मावली पक्षको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धका लागि समय अनुकूल छ।
धनु : आफ्नो ज्ञान र सीपको सही समयमा प्रयोग गर्न सकिनेछ। चुनौतीहरू पार गर्दै काममा सफलता हासिल हुनेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नुका साथै अपेक्षित पारिश्रमिक प्राप्त हुँदा मन प्रसन्न रहनेछ। मन परेको व्यक्तिबाट उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुन सक्छ। बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित पेसाबाट लाभ मिल्नेछ। सन्तानको सहयोगले महत्त्वपूर्ण काम बन्नेछन्।
मकर : आमा, आफन्त तथा सहयोगीबाट अपेक्षित सहयोग प्राप्त हुँदा मन प्रसन्न रहनेछ। घरजग्गा तथा सवारीसाधन जोड्ने अवसर मिल्न सक्छ। सामाजिक कामबाट पद तथा प्रतिष्ठा आर्जन गर्न सकिनेछ। कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ। जीवनसाथीको साथ र सहयोग मिल्नुका साथै प्रेम सम्बन्ध थप प्रगाढ बन्नेछ। अध्ययनमा पर्याप्त समय दिन सके प्रगति हुनेछ।
कुम्भ : उद्योग, शेयर बजार तथा व्यापारमा लगानीबाट राम्रो आम्दानी गर्न सकिनेछ। आर्थिक अवस्थामा सुधार ल्याउन चालिएका कदमले सकारात्मक नतिजा दिनेछन्। अध्ययनमा अपेक्षित सफलता मिल्दा परिवारमा खुसी छाउनेछ। विवाद तथा न्यायिक निर्णयहरू आफ्नो पक्षमा आउने योग छ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ।
मीन : राजनीति तथा सामाजिक क्षेत्रमा प्रतिष्ठा कमाउने अवसर प्राप्त हुनेछ। बोलीका माध्यमबाट सञ्चालन हुने पेसा तथा व्यवसाय फस्टाउनेछन्। समयअनुसार नयाँ विचार प्रस्तुत गर्न सक्दा धेरैको मन जित्न सकिनेछ। कुटुम्ब तथा आफन्तसँगको सहकार्यमा गरिएका व्यवसायबाट लाभ मिल्नेछ। आर्थिक अवस्थामा सुधार आउनेछ। प्रेम सम्बन्ध सुखद रहनेछ भने गीतसङ्गीत तथा मोडलिङ क्षेत्रबाट राम्रो आम्दानी गर्न सकिनेछ।

























