काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

माेदीकाे नेपाल भ्रमण, स्वागतकाे सबै तयारी पूरा

10.41K
shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि लुम्बिनी भ्रमणका लागि नेपाल आउँदैछन् । मोदीको स्वागतका लागि सबै तयारी पूरा भएको लुम्बिनी विकास कोषले जनाएको छ । बुद्धपूर्णिमाका दिन भोलि (सोमबार) मोदी आइपुग्ने कोषले जनाएको छ ।

भौतिक संरचना निर्माण र सजावटका अलावा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र र मायादेवी मन्दिर सिंगार्ने काम पूरा भइसकेको छ । बुद्धस्थलको प्रवर्द्धन गर्न कपिलवस्तु, पश्चिम नवलपरासीको रामग्राम र रुपन्देहीको देवदह समेटेर एउटा समन्वय समिति निर्माण गरिएको छ । काठमाडौंबाट आइतबार १ हजार १ सय भिक्षु/भिक्षुणी पनि लुम्बिनी आइपुग्नेछन् ।

भारतीय प्रधानमन्त्रीलाई ल्याउने भारतीय वायु सेनाका दुई एमआई १७ हेलिकोप्टरले हालै निर्माण गरिएका दुई हेलिप्याडमा शनिबार परीक्षण उडान गरेका छन् । मोदी आउने भएपछि विकास कोषले दुई नम्बर गेटअगाडि चारवटा पक्की हेलिप्याड बनाएको छ । त्यसपछि भारतीय सुरक्षा अधिकारीले हेलिप्याड अवलोकन र सुरक्षात्मक अवस्था जाँचबुझ गर्दै प्राविधिक जानकारीसमेत लिएका थिए ।

मोदीको स्वागतका लागि लुम्बिनीलाई सिंगारिएको छ । मायादेवी मन्दिरको भित्र र बाहिर रंगरोगन गरिएको छ । बाहिरी पुरातात्त्विक संरचनालाई फूलले सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसरभित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर चिटिक्क बनाइएको छ । बाटोघाटो सफा गरेर सुन्दर बनाइएको छ ।