गृहपृष्ठ जुम्लाको गर्ज्याङकोटमा पुन: मतदान सुरु, कडा सुरक्षा घेरा
जुम्लाको गर्ज्याङकोटमा पुन: मतदान सुरु, कडा सुरक्षा घेरा
जुम्लाको गुठचौर गाउँपालिका-३ गर्ज्याङकोटमा स्थगित भएको मतदान आज पुनः सुरु भएको छ । वैशाख ३० गते मतदानका क्रममा शंकर माध्यामिक विद्यालयको केन्द्रमा झडप हुँदा स्थगित भएपछि आज कडा सुरक्षाबीच मतदान सुरु गरिएको हो ।
मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँ, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, डीएसपी नरेन्द्र चन्द सहितको सुरक्षा टिम मतदान स्थलमा छ ।
१००७ मतदाता भएको यो मतदान केन्द्रमा ३२० मत खसिसकेको थियो तर निर्वाचन स्थगित भएपछि पुनः मतदान गरिएको हो । निर्वाचन अधिकृत तुलराज चौलगाईका अनुसार समाचार तयार हुँदासम्म १८८ मत खसिसकेको छ ।
प्रकाशित समय : १६:५९ बजे


















