nmb bank

गृहपृष्ठ बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुुर साउँद र कुमारी विष्ट विजयी भएका छन् । डोटीमा यस निर्वाचनको क्रममा कांग्रेसले पहिलो पालिका जितेको हो ।

अध्यक्षमा साउँदले २ हजार ३ सय ४३ प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्र घर्तीमगरले १ हजार ६ सय ८४ मत ल्याएका थिए । 

यस्तै उपाध्यक्षमा कांग्रेसकी विष्टले २ हजार ४ सय ७ मत ल्याएकी थिइन् भने उनका निकतम प्रतिस्पर्धी नेकपा एमालेकी सपना सिराडीले २ हजार २ सय ७६ मत प्राप्त गरेकी थिइन् । उक्त पालिकामा कांग्रेसले २ वडा जितेको छ भने दुई वटामा एमाले र एउटामा माओवादी केन्द्रका अध्यक्ष निर्वाचित भएका छन् ।

०७४ को स्थानीय तहको निर्वाचनमा पनि बडीकेदार गाउँपालिकामा कांग्रेसले नै जितेको थियो ।

प्रकाशित समय : १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु