nmb bank

गृहपृष्ठ ललितपुर-१ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी

ललितपुर-१ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी

ललितपुर-१ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी

ललितपुर महानगरपालिका वडा नं १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धु्रव तण्डुकारले ४२५ मत प्राप्त गरेका छन् ।

नगर प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम छ । कांग्रेसका उम्मेदवार महर्जनले ८७७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाएका छन् ।

उपप्रमुखमा एमालेका शाक्यले ४४४ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १८१ मत पाएका छन् । महानगरपालिकामा २९ वडा रहेका छन् ।

प्रकाशित समय : १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु