काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

साइपाल गाउँपालिकामा एमालेका बोहरा विजयी

16.76K
shares

साइपाल गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार मानवीर बोहराले ६ सय ७५ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार उज्वल बोहराले ६ सय १३ मत ल्याए ।

गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी डोल्मा तामाङले ६७५ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत ल्याएकी छन् । यस्तै वडा नम्बर १ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी विजयी भएका छन् । वडा नम्बर २ मा गठबन्धनका (कांग्रेस) उम्मेदवार हरिलाल बोहरा विजयी भएका छन् ।

वडा नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार गोरख बोहरा प्यानलसहित विजयी भएका छन् । ४ नम्बर वडामा गठबन्धन (नेपाली कांग्रेस)बाट जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन् । वडा नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार जयपाल बोहरा प्यानलसहित विजयी भएका छन् ।