गृहपृष्ठ Tag: गठबन्धन

रेनु र सृजनाले मेरै करकापबाट टिकट पाएका हुन् : प्रधानमन्त्री देउवा
रेनु र सृजनाले मेरै करकापबाट टिकट पाएका हुन् : प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँमा सिर्जनालाई मेयरमा उठाउँदा प्रकाशमान सिंह डराएको भन्दै आफूले नै टिकट दिनुपर्छ भन्दै अगाडि बढेको बताएका छन् । चितवनमा रेणुलाई टिकट दिँदा छोरीलाई टिकट दियो भन्ने गुनासो आउने भन्दै पुष्पकमल दाहाल 'प्रचण्ड'ले नमानेकाे पनि उनले बताए ।...

काठमाडौंमा गठबन्धनको चुनावीसभा सुरु
काठमाडौंमा गठबन्धनको चुनावीसभा सुरु

स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर सत्तारुढ पाँचदलीय गठबन्धनका तर्फबाट राजधानी काठमाडौंमा आयोजना गरिएको चुनावी सभा सुरु भएको छ । राजधानीको रत्नपार्कमा सुरु यस सभालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई...

बागी उम्मेदवारबारे निर्णय गर्न बालुवाटारमा गठबन्धनको बैठक
बागी उम्मेदवारबारे निर्णय गर्न बालुवाटारमा गठबन्धनको बैठक

सत्ता गठबन्धनमा आवद्ध पाँच दलको बैठक बालुवाटारमा सुरु भएको छ । साझा उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा गठबन्धनले दिएका उम्मेदवारीविरुद्ध परेका बागी उम्मेदवारीबारे छलफल गरेर निर्णय...

बागी उम्मेदवारी फिर्ता गराउन गठबन्धनको ७ बुँदे निर्देशन
बागी उम्मेदवारी फिर्ता गराउन गठबन्धनको ७ बुँदे निर्देशन

सत्तारूढ गठबन्धनले स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनको निर्णयविपरीत दर्ता भएका सबै उम्मेदवारी फिर्ता गराउने भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेकाे गठबन्धनका शीर्ष नेताहरूकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकपछि गठबन्धनका शीर्ष नेताहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेस,...

गठबन्धनबाट ललितपुरमा चिरिबाबु महर्जन मेयरको उम्मेदवार
गठबन्धनबाट ललितपुरमा चिरिबाबु महर्जन मेयरको उम्मेदवार

नेपाली काँग्रेसले ललितपुर महानरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले वर्तमान मेयर महर्जनलाई नै दोहोर्‍याउने निर्णय गरेको हो । त्यस्तै काँग्रेसले विराटनगर महानरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाएको छ भने...

धादिङमा तीन दलीय गठबन्धन, कसकाे भागमा कुन स्थानीय तह ?
धादिङमा तीन दलीय गठबन्धन, कसकाे भागमा कुन स्थानीय तह ?

धादिङमा सत्ता गठबन्धनका दलहरूबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको छ । आज बसेको बागमती प्रदेशस्तरीय बैठकले धादिङका स्थानीय तहहरूमा गठबन्धन गरेर जाने नणिर्य गरेको हो । सहमतिअनुसार नेपाली कांग्रेसले सातवटा स्थानीय तहमा प्रमुख र चारवटा स्थानीय तहमा...

गठबन्धनबाट काठमाडौंको मेयर उम्मेदवार सिर्जना सिंह
गठबन्धनबाट काठमाडौंको मेयर उम्मेदवार सिर्जना सिंह

सत्तारुढ गठबन्धनले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । गठबन्धनमा काठमाडौंको मेयर पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिने सहमति छ । उम्मेदवार छान्न बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति जुटाएको हो । सभापति...

कठिन तालमेल लिएर गठबन्धन चुनावमा, एमाले जोखना हेर्दै
कठिन तालमेल लिएर गठबन्धन चुनावमा, एमाले जोखना हेर्दै

चुनावी तालमेलको ताल मिलाउन झण्डाझण्डै विभाजनको डिलमा पुगेको सत्ता गठबन्धन बुधबारबाट एउटा सहमतिमा आएको छ । त्यो सहमतिअनुसार महानगर र उपमहानगरको भागबण्डा मिलेपछि दलहरुले अब सिंगै चुनावमा जाने विश्वास त बनाएका छन्, तर गठबन्धनभित्रै एकअर्कामा रहेको अविश्वासले ढुकचुक कायमै छ ।...

वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन अध्यक्ष दाहालको अपिल
वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन अध्यक्ष दाहालको अपिल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्धको संयुक्त संघर्षको क्रममा गठित वाम-लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धि, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि दृढ रहेको बताएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र...

वीरगञ्जमा एमाले र लोसपाबीच गठबन्धन, मेयर र उपमेयरमा उम्मेद्वारी दिने
वीरगञ्जमा एमाले र लोसपाबीच गठबन्धन, मेयर र उपमेयरमा उम्मेद्वारी दिने

वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले तालमेल गर्ने भएका छन् । बिहीबार वीरगन्जमा संयुक्त पत्रकार सम्मेलन गरी दुई पार्टीबीच तालमेलको सहमति भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा एमाले सचिव महासेठ, लोसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्ण...