गृहपृष्ठ बागी उम्मेदवारबारे निर्णय गर्न बालुवाटारमा गठबन्धनको बैठक
बागी उम्मेदवारबारे निर्णय गर्न बालुवाटारमा गठबन्धनको बैठक
फाइल तस्बिर ।
सत्ता गठबन्धनमा आवद्ध पाँच दलको बैठक बालुवाटारमा सुरु भएको छ । साझा उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
बैठकमा गठबन्धनले दिएका उम्मेदवारीविरुद्ध परेका बागी उम्मेदवारीबारे छलफल गरेर निर्णय गर्ने बताइएको छ ।
उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो । गठबन्धनका उम्मेदवारविरुद्ध देशभर बागी उम्मेदवारी परेका छन् । तर कुनै पनि स्थानमा बागीले उम्मेदवारी फिर्ता लिएका छैनन् ।
प्रकाशित समय : १७:१९ बजे


















