global ime bank Long Banner Ad

गृहपृष्ठ गठबन्धन बैठकको निर्णय : बागी उम्मेदवारी तत्काल फिर्ताको निर्देशन, अन्य दलसँगको तालमेल खारेज

गठबन्धन बैठकको निर्णय : बागी उम्मेदवारी तत्काल फिर्ताको निर्देशन, अन्य दलसँगको तालमेल खारेज

गठबन्धन बैठकको निर्णय : बागी उम्मेदवारी तत्काल फिर्ताको निर्देशन, अन्य दलसँगको तालमेल खारेज

सत्ता गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा परेका बागी उम्मेदवारी तत्कालन फिर्ता लिने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेको हो ।

साथै गठबन्धन बाहिरका दलहरूसँग गरिएका चुनावी तालमेल खारेज गर्न पार्टीका तल्ला कमिटीहरूलाई तीन बुँदे निर्देशन दिएको छ ।

तीनबुँदे समझदारीमा दलको तर्फबाट महानगर र उपमहानगरको प्रमुख र उपप्रमुख पदमा दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । त्यस्तै, स्वतन्त्र उम्मेदवारी दर्ता गरेका पार्टी नेताहरूलाई पनि उम्मेदवारी फिर्ता लिन लगाउन पहल गर्ने समझदारी बनेको छ । पाँच दलीय गठबन्धन बाहिरका दलसँग कुनै तहमा तालमेल भएको अवस्थामा त्यसलाई खारेज गर्न निर्देशन सम्बन्धित दलले दिने निर्णय पनि भएको छ ।

पत्रमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय : १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु