global ime bank Long Banner Ad

गृहपृष्ठ शनिबार नर्भिकमा दुई टिमले निःशुल्क ओपीडी सञ्चालन गर्ने

शनिबार नर्भिकमा दुई टिमले निःशुल्क ओपीडी सञ्चालन गर्ने

शनिबार नर्भिकमा दुई टिमले निःशुल्क ओपीडी सञ्चालन गर्ने

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिबार (वैशाख १७ गते) दुई यूरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।

नर्भिकले शनिबार विहान ९ देखि १०ः३० बजेसम्म एउटा टिम र बिहान ८ देखि १० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्न लागेको हो । नर्भिकले चैत महिनार पनि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपीडी अभियान सञ्चालन गरेको थियो । सर्वसाधारणबाट माग आएपछि पुनः आउने शनिबार पनि यूरोलोजीकै निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ ।

यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थीसम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्नेछ । यो टिमले बिहान ८ देखि १० बजेसम्म सेवा दिनेछ । मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रियासमेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफरसमेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।

यसैगरी, ९ देखि १०ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्राडा रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपीडी सेवा दिनेछ । मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपीडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध रहेको अस्पतालले जानकारी गराएको छ ।

नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मृगौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधिसमेत उपलब्ध रहेको अस्पतालले जनाएको छ । यस्तै, दूरबिनको माध्यमबाट घाउ बनाइकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने गरेको छ । नर्भिकले निःशुल्क ओपीडीको साथमा आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा विभिन्न हेल्थ प्याकेजमा आकर्षक छुटको अफर पनि यसअघि नै सार्वजनिक गरिसकेको छ । यस्तै क्यान्सर स्क्रिनिङका विभिन्न ४ प्याकेजमा समेत अस्पतालले छुटको व्यवस्था गरेको छ ।

प्रकाशित समय : १९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु