गृहपृष्ठ बागी उम्मेदवारी फिर्ता गराउन गठबन्धनको ७ बुँदे निर्देशन
बागी उम्मेदवारी फिर्ता गराउन गठबन्धनको ७ बुँदे निर्देशन
सत्तारूढ गठबन्धनले स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनको निर्णयविपरीत दर्ता भएका सबै उम्मेदवारी फिर्ता गराउने भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेकाे गठबन्धनका शीर्ष नेताहरूकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
बैठकपछि गठबन्धनका शीर्ष नेताहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँटविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेकाे हाे ।
त्यस्तै, गठबन्धनले सहमतिविपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरूलाई निर्देशन समेत दिएकाे छ । गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरु फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने पनि निर्णय लिएका छन् ।
विज्ञप्ति :

प्रकाशित समय : २०:०० बजे



















