global ime bank Long Banner Ad

गृहपृष्ठ रेनु र सृजनाले मेरै करकापबाट टिकट पाएका हुन् : प्रधानमन्त्री देउवा

रेनु र सृजनाले मेरै करकापबाट टिकट पाएका हुन् : प्रधानमन्त्री देउवा

रेनु र सृजनाले मेरै करकापबाट टिकट पाएका हुन् : प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँमा सिर्जनालाई मेयरमा उठाउँदा प्रकाशमान सिंह डराएको भन्दै आफूले नै टिकट दिनुपर्छ भन्दै अगाडि बढेको बताएका छन् । चितवनमा रेणुलाई टिकट दिँदा छोरीलाई टिकट दियो भन्ने गुनासो आउने भन्दै पुष्पकमल दाहाल 'प्रचण्ड'ले नमानेकाे पनि उनले बताए ।

शुक्रबार सत्ता गठबन्धनले काठमाडाैंमा आयाेजना गरेकाे चुनावी सभामा उनले भने, ‘रेणुलाई टिकट नदिउँ भन्दै हुनुहुन्थ्यो प्रचण्डजी त । तर, मैले राम्रो काम गरेकोलाई किन हटाउने भनेर मेरै करकापले टिकट पाएकी हुन् ।’ गठबन्धनकाे विषयमा आफ्नै पार्टीभित्र गठबन्धनको विषयमा बखेडा झिकिरहेको उनकाे भनाइ छ । देउवाले गठबन्धनमार्फत चुनाव लड्न खोज्दा आफ्नै पार्टीभित्रका केहीले बखेडा झिकिरहेको बताएका हुन् । ‘मलाई पार्टी सभापति बनाएर सर्वाधिकार दिएका छन् । केन्द्रीय सदस्यको बहुमतले पनि गठबन्धन गर्ने कुरामा सहमति जनाएको हो । अहिले किन गठबन्धन चाहिँदैन भनिरहेका छन् । हाम्रै साथीहरूले बखेडा झिकिरहेका छन्,’ देउवाले भने ।

काठमाडौँ महानगर र चितवन महानगरमा महिला नै उम्मेदवार उठेको भन्दै उनीहरूलाई हराउने काम नगर्न सबैमा अनुरोध गरे । ‘काठमाडौँमा सृजना सिंहलाई हरायो भने दुनियाँले के भन्छ ? चितवनमा रेणु दाहाललाई हरायो भने विश्वले के भन्छन् ? त्यसैले सबै मिलेर उनीहरूलाई जिताउनुपर्छ,’ देउवाले भने ।

सिर्जना सिंहका आमा बुबाले बिहे गरेर प्रकाशमान सिंहलाई दिएको भन्दै त्यसमा विरोध गर्ने काम बन्द गर्न सबैमा अनुरोध गरे । ‘अब सृजनाका आमाबुबाले बिहे गरेर प्रकाशमानको घरमा पठाइदिए त के गरून बिचारीले । प्रकाशमानको श्रीमतीलाई मेयरको टिकट दियो भने बखेडा झिकेर हुन्छ ?,’ उनले प्रश्न गरे ।

आफ्नो मन नहुँदा नहुँदै प्रधानमन्त्री बनाइएको स्मरण गराउँदै अहिले आएर धेरै निहूँ खोज्ने काम भइरहेको बताए । अहिलेको अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने भन्दै गठबन्धनअनुसार नै अगाडि बढ्नुपर्ने उनले बताए ।

प्रकाशित समय : ००:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु