गृहपृष्ठ अफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश
अफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले अफताब आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । साधारण तारेखमा छाड्न माग गर्दै आलमले दायर गरेको रिटमा शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले उनलाई रिहाइ नगर्न आदेश दिएको हो ।
सर्वोच्चले रौतहट जिल्ला अदालतको आदेशलाई सदर गरेको हो । जिल्ला अदालतको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुर गएका थिए । तर, उच्चले पनि जिल्ला अदालतको आदेशलाई सदर गरिदिएको थियो । उच्च अदालतको निर्णयविरुद्ध उनी सर्वोच्च पुगेका थिए ।
कांग्रेस सांसदसमेत रहेका उनीमाथि रौतहटको राजपुर बमकाण्ड गराएको आरोप छ । २०६४ सालको चुनाव अगाडि उनले प्रमाण नष्ट गर्न बमकाण्डका घाइते र मृतकलाई इटाभट्टामा जलाएर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रकाशित समय : २३:३९ बजे



















