गृहपृष्ठ धादिङमा तीन दलीय गठबन्धन, कसकाे भागमा कुन स्थानीय तह ?
धादिङमा तीन दलीय गठबन्धन, कसकाे भागमा कुन स्थानीय तह ?

धादिङमा सत्ता गठबन्धनका दलहरूबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको छ । आज बसेको बागमती प्रदेशस्तरीय बैठकले धादिङका स्थानीय तहहरूमा गठबन्धन गरेर जाने नणिर्य गरेको हो । सहमतिअनुसार नेपाली कांग्रेसले सातवटा स्थानीय तहमा प्रमुख र चारवटा स्थानीय तहमा उपप्रमुख पदको साथै जिल्ला समन्वय समितिको प्रमुख समेत पाएको छ ।
नेकपा एकीकृत समाजवादीले दुईवटा पालिका प्रमुखको साथै चारवटा पालिका उपप्रमुख र जिल्ला समन्वय उपप्रमुख पाएको छ । यता माओवादी केन्द्रले तीनवटा स्थानीय तहको प्रमुख, चार स्थानीय तहमा उपप्रमुख पाएको छ ।
यस्तो छ भागबन्डा
नीलकण्ठ नगरपालिकामा प्रमुख नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा माओवादी केन्द्र, धुनिबेसी नगरपालिका प्रमुख नेकपा एकीकृत समाजवादी र उपप्रमुख नेपाली कांग्रेस, खनियाबास गाउँपालिका अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्र, सिद्धलेक गाउँपालिका अध्यक्ष नेपाली कांग्रेस रउपाध्यक्ष नेकपा एकीकृत समाजवादी, रुवीभ्याली गाउँपालिका अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेस ,गंगाजमुना गाउँपालिका अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा एकीकृत समाजवादी, गल्छी गाउँपालिका अध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्ष नेपाली कांग्रेस, गजुरी गाउँपालिका अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेस, ज्वालामुखी गाउँपालिका अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा एकीकृत समाजवादी, त्रिपुरा सन्दरी गाउँपालिका अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्र, नेत्रावती गाउँपालिका अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्र, बेनिघाट गाउँपालिका अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एकीकृत समाजवादीले पाएका छन् । थाक्रे गाउँपालिकामा भने पाँच दलीय गठबन्धनको जिल्लास्तरीय संयन्त्रले टुङग्याउने भएको छ ।
प्रकाशित समय : २२:३१ बजे