गृहपृष्ठ बागमती
वि.सं. २०७२ वैशाख १२ नेपालीहरुको लागी एक अकल्पनीय दिन बन्यो । वैशाख १२ गते गएको भूकम्पले देशभर जनजीवन प्रभावित बनायो । वैशाख १२ को भूकम्पका कारण लगातार रुपम परकम्पहरु गए । छिटफुट रुपमा अहिले सम्म पनि परकम्पहरु गइरहेका छन् ।...
अविरल वर्षाको कारण नारायणगढ मुग्लिन सडक अवरुद्ध बन्न पुगेको छ । सडकमा खसेको पहिरोका कारण यातायात अबरुद्ध भएको हो । पहिरो खस्नेक्रम नरोकिएकाले आवागमन खुलाउन समस्या भइरहेको चितवन प्रहरीले जनाएको छ । पहिरो खसेपछि बिहान ८ बजे बाटै अवरुद्ध बनेको...
भक्तपुर नगरपालिकाले आइतबार च्याम्हासिंहदेखि जगाती सम्मका आठवटा मासुपसलमा अनुगमनमन गर्दा अधिकांश पसल अवैध रुपमा सञ्चालन भएको जनाएको छ । बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा गएको टोलीले गरेको अनुगमनका क्रममा अधिकांश पसल अवैध रुपमा सञ्चालित भएको पाइएको हो ।...
पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको...
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले भविश्यमा आउनसक्ने विपद्को अवस्थालाई ध्यानमा राखी अझ बढी पूर्वतयारी गर्नुपर्ने आवश्यकता औँल्याएकी छन् । नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को ललितपुर जिल्ला शाखाको स्वर्ण महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले भनिन्, 'मानवीय समस्याहरु...
दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा शनिबार बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोही दुर्घटनामा परी थप तीन जना घाइते भएका छन् । दुर्घटनामा परी जीप चालक जिरी नगरपालिका–९ ठूलो पातलका अन्दाजी १९र२० वर्षीय सुवास तामाङको मृत्यु...
मकवानपुर थाहा ७ देउखेलस्थित सरस्वती माध्यमिक बिद्यालय एसइइ (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) रिजल्टमा तत्कालिन आग्रा गाविसको उत्कृष्ट भएको छ । हाल थाहा नगरपालिका ७ र ८ मा रहेका अन्य दुई माविको तुलनामा सरस्वतीले एसइइमा धेरै प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सकेको हो...
नारायणगढ–मुग्लिन सडकको पहिरो रोक्नका लागि गरिएका काम प्रभावकारी देखिएका छन् । सडक विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिममा रहेका ठाउँमा पहिरो रोक्नका लागि चैत अन्तिम सातादेखि काम थालिएको थियो । जुन ठाउँमा काम गरिएका छन् ती ठाउँमा हालसम्म पहिरो...
भरतपुर आँखा अस्पतालले देशका आठ जिल्लाका ६७ हजार ६ सय ४८ बालबालिकाको आँखा परीक्षण गर्दा एक हजार ९ सय ५२ जनाको आँखामा दृष्टिदोष पाइएको छ । अस्पतालले यस वर्षको ११ महिनामा १ सय ४४ वटा स्कुलमा बच्चाको आँखाको परीक्षण गरेको...
नगर विकास प्राधिकरणद्वारा सञ्चालित कमेरोटार र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाभित्रका घरेडीको नक्सा पास र घरबाटो सिफारिशमा मध्यपुर थिमि नगरपालिकाले रोक लगाएको छ । कमेरोटार जग्गा एकीकरण आयोजना र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका अध्यक्षसमेत रहेका मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पत्रकार...












