विपद् पूर्वतयारीमा लाग्न सबै निकायलार्इ आग्रह
वि.सं.२०७५ असार १७ आइतवार १३:४२
shares

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले भविश्यमा आउनसक्ने विपद्को अवस्थालाई ध्यानमा राखी अझ बढी पूर्वतयारी गर्नुपर्ने आवश्यकता औँल्याएकी छन् ।
नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को ललितपुर जिल्ला शाखाको स्वर्ण महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले भनिन्, ‘मानवीय समस्याहरु समाधान गर्न विद्यालय र समुदायस्तरमा जनसमुदायलाई सँगठित गरी समाजसेवामा लाग्न प्रेरित गर्नुपर्ने अहिलेको आवश्यकता हो ।’
कार्यक्रममा नेरेसोका अध्यक्ष सञ्जीव थापाले समुदायको सँकटासन्नता न्यूनीकरण, उद्दार राहत, स्वास्थ्य प्रवर्धनलगायतका क्षेत्रमा रेडक्रस संलग्न भैआएको र समुदायको आवश्यकता परिपूर्ति गर्न स्रोत साधनको उपलव्धता एउटा चुनौति रहिको बताए ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले रेडक्रसका गतिविधिबाट आफू विद्यार्थीकाल देखि नै परिचित भैआएकोले ठोस उपलव्धि देखिने क्षेत्रमा रेडक्रससँग सहकार्य गर्न तत्पर रहेको बताए ।
सो अवसरमा मन्त्री थापा लगायत नेरेसोका अध्यक्ष थापा तथा पूर्व अध्यक्ष रमेश कुमार शर्माले स्वर्णमहोत्सव स्मारिका विमोचन गरे । कार्यक्रममा ललितपुर रेडक्रसको विकासमा योगदान दिनुहुने र स्वर्णमहोत्सव अवधिमा प्रतियोगितात्मक गतिविधिका विजेता विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा पूर्व सभापतिहरुको तर्फबाट बोल्दै देवेन्द्र बहादुर प्रधानले शाखाको भवन निर्माण लगायत शाखाको गतिविधिहरुमा सवैको सहयोग अपेक्षा गरे ।
नेपाल रेडक्रसका महामन्त्री देवरत्न धाख्वाले कसैको पनि एक्लो प्रयासले समुन्नती हासिल हुन नसक्ने हुँदा रेडक्रसले स्थानीय निकायहरुसँको सहकार्यलाई जनतासम्म पुग्ने एउटा शशक्त माध्यमबनाइरहेको बताए ।
कार्यक्रममा संघीय सांसद पम्फा भुषाल, कृष्णलाल महर्जनलगायत विभिन्न नगरपालिकाका मेयरहरूके सहभागिता थियो ।






















