global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सन्तपुर नमुना बस्तीमा सुन्तलीको जन्मउत्सव

सन्तपुर नमुना बस्तीमा सुन्तलीको जन्मउत्सव

सन्तपुर नमुना बस्तीमा सुन्तलीको जन्मउत्सव

हास्यकलाकार कलाकार तथा धुर्मुस सुन्तली फाउण्डेसनकी उपाध्यक्ष कुन्जना घिमिरे (सुन्तली)ले आफ्नो जन्मदिन रौतहटको सन्तपुर एकिकृत नमुना बस्तीमा भब्य तथा सब्य रुपमा मनाएकी छिन । धुर्मुस सुन्तली फाउण्डेसनद्धारा निर्मित चन्द्रपुर नगरपालिका ८ स्थीत रहेको नमुना बस्तीमा सुन्तलीले बालबालिकाहरु संग खुशी साटेर आफनो जन्मदिन मनाएकी हुन ।

सो बस्तीमा बसोबास गर्ने करिब ९२ जना बालबालिकाहरु संग खुशी साटासाट गरेर जन्मदिन मनाएकी छिन । मुसहर बालबालिकाले सम्मान र शुभेच्छासहित कुञ्जनाको जन्म दिनलाई विशेष बनाइदिए । उनीहरुले गरेको सम्मानले आफूलाई भावुक बनाएको कलाकार घिमिरेले बताएकी छिन ।

मुसहर बस्तीका बालबालिकामा आएको परिर्वतन देखेर आफूहरु भावुक बनेको उनको भनाई छ । ‘जुन परिर्वतनको अपेक्षा गरेका थियौँ, त्यो देख्न पाउँदाको आनन्द शब्दमा व्यक्त गर्न सकिरहेको छैन, कुञ्जनाले भनिन्, ‘यी बालबालिकाहरु पनि मेरा नै छोरा छोरी सरह नै भएकाले खुशी भएको छु ।’

सुन्तलीले सो नमुना बस्तीमा बसोबास गर्ने मुसहर समुदायका बालबालिकाहरुलाइ कपि, पेन्सील तथा स्टेशनरीका समानहरु बितरण गरेकी थिइन् । बिपन्नता बालविवाह, अशिक्षा, गरिबीलगायतका समस्याबाट पिल्सिएको मुसहर समुदायमा धुर्मुस सुन्तलीले उक्त नमुना बस्ती बनाइदिएपछि उनीहरुको निकै परिर्वतन भएको थियो । उनीहरुकै कारण बस्तीका १ सय २५ भन्दा बढी बालबालिका नियमित विद्यालय जान सुरु गरेका थिए ।

धुर्मुस सुन्तली फाण्डेसनका अध्यक्ष तथा हास्य कलाकार सिताराम कट्टेलको जन्मदिन असोज ४ गते पारेर शिलान्यास गरेको सो बस्ती गत माघ २१ गते समुदायलाई हस्तान्तरण गरिएको थियो । सुबिधा सम्पन्न ४७ वटा घर सहित बिभिन्न संरचनामा निर्मित सो बस्तीमा बसोबास गर्ने समुदायमा अहिले आमुल परिर्वतन आएको छ ।

यी नागरिकको खुशी नै मेरो खुशी भएको कलाकार तथा फाउण्डेसनका अध्यक्ष कट्टेलले बताए । जन्म दिन मनाउन धुर्मुसलाई लिएर सन्तपुर आएकी कुञ्जना घिमिरे संगै कलाकारहरु कुमार कट्टेल लगायत हास्य कलाकारहरु पनि आएका थिए । यसैबिच उनीहरुले आफनो बिवाह उत्सव पनि यही बस्तीमा आएर मनाएका थिए ।

प्रकाशित समय : १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु