काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीन घाइते

7.81K
shares

दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा शनिबार बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोही दुर्घटनामा परी थप तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी जीप चालक जिरी नगरपालिका–९ ठूलो पातलका अन्दाजी १९र२० वर्षीय सुवास तामाङको मृत्यु भएको हो । जीपको अगाडिको सिसा फुटेर भूइँमा खसेका चालकको सोही जीपले किचेर मृत्यु भएको हो । जिल्लाको वैत्यश्वर गाउँपालिका–७ मार्वुबाट धानको भूस लिएर जिरी नगरपालिका–९ तर्फ जाँदै गरेको बा १३ च ६१९६ नं को आज बिहान ४ बजे खावा डाँडा नजिकै दुर्घटना भएको दोलखा प्रहरीले जनाएको छ ।

जीप लामोसाँघु जिरी सडक अन्तर्गत खावा सडक खण्डस्थित वैत्यश्वर गाउँपालिका– ३ र ४ को बीचमापर्ने सडकबाट तल खोल्सामा खसेको थियो । दुर्घटनामा परी जिरी नगरपालिका– ९ का २० वर्षीय मंगले तामाङ, ५२ वर्षीय दिलबहादुर तामाङ र वैत्यश्वर गाउँपालिका– १ गैरीमुदीका ५५ वर्षीय कर्णबहादुर तामाङ घाइते भएका छन् । घाइते सबैको मैनापोखरीस्थित दाहाल मेडिकलमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
(रासस)