लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा
लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

सिरहा । यहाँको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्र गतिमा अघि बढाइएको उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८०...

जी’ पुस्ताको आशा र आक्रोशलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने
जी’ पुस्ताको आशा र आक्रोशलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेन्चुरीले युवा पलायन रोक्न रोजगारी सिर्जनामा सरकार गम्भीर हुनुपर्ने बताएकी छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ‘जेन जी’ पुस्ताको आशा र आक्रोशलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने धारणा राखिन् । उनले...

मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने
मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने

जनकपुर । मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य तथा वन क्षेत्रले दिने योगदान तुलनात्मक रूपमा कम भएका कारणले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर कमजोर रहने जनाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय, तथ्याङ्क समन्वय कार्यालय धनुषाले बुधबार...

वीरगञ्ज महानगरपालिकाले प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएन
वीरगञ्ज महानगरपालिकाले प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएन

वीरगञ्ज । सङ्घीय सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई वीरगञ्ज महानगरपालिकाले हाजिर गर्नबाट अवरोध गर्दै आएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ फागुन १२ गतेको निर्णयानुसार वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रेशमलाल कँडेललाई सरुवा गरिएको थियो । तर, वीरगञ्ज महानगरले प्रमुख...

पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल
पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

पर्सा । तथ्याङ्क समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क सङ्कलनमा समस्या भएको जनाएको छ । तथ्याङ्क समन्वय कार्यालय वीरगन्जका प्रमुख पुष्कर बिजुक्छेँले पर्साका ठूला औद्योगिक प्रतिष्ठानले आर्थिक गणनाका लागि आवश्यक पर्ने तथ्याङ्क गणकलाई उपलब्ध...

महोत्तरी कारागारका दुई सय ५० कैदीबन्दी अझै फरार
महोत्तरी कारागारका दुई सय ५० कैदीबन्दी अझै फरार

जलेश्वर (महोत्तरी) । आन्दोलनको मौका छोपी २०८२ साल भदौ २४ गते महोत्तरी कारागारबाट भागेका कैदीबन्दीमध्ये २५० जना कैदीबन्दी अझै फरार रहेका छन् । गत भदौ २३ र २४ गते देशभर चलेको जेनजी आन्दोलनको मौका छोपी भदौ २४ गते महोत्तरीको सदरमुका...

प्रि–बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित भएकोमा सांसद सिंहको असन्तुष्टिः ‘नयाँको नाममा सबै परम्परा नभत्काऔँ’
प्रि–बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित भएकोमा सांसद सिंहको असन्तुष्टिः ‘नयाँको नाममा सबै परम्परा नभत्काऔँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले प्रि–बजेटमाथिको छलफल जारी रहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै असन्तुष्टि जनाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित थिए। आफ्नो २० वर्षको संसदीय अभ्यासमा पहिलोपटक...

मधेशका गृहमन्त्रि महतोद्वारा सर्लाही अदालत र कारागारको अनुगमन
मधेशका गृहमन्त्रि महतोद्वारा सर्लाही अदालत र कारागारको अनुगमन

सर्लाही । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले सर्लाही जिल्ला अदालत र कारागारको अनुगमन गरेका छन् । सोमबार गरिएको अनुगमनका क्रममा मन्त्री महतोले अदालतको सेवा प्रवाह, प्रशासनिक अवस्था, भौतिक पूर्वाधार तथा कारागारको सुरक्षा व्यवस्थाबारे जानकारी लिएको...

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज  । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले यस अवधिमा कार्यालयलाई दुई खर्ब २३ अर्ब १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि लक्ष्यको...

वीरगन्ज महानगरपालिकाका मेयरविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता
वीरगन्ज महानगरपालिकाका मेयरविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा लिखत सम्बन्धी कसुर मुद्दा दर्ता भएको छ । झुटा प्रमाण पेस गरी नागरिकता तथा राहदानी (पासपोर्ट) बनाएको उजुरीका आधारमा जिल्ला महान्यायाधिवक्ता कार्यालयले नगर प्रमुख सिंहसहित चार जनाविरुद्ध...