गृहपृष्ठ बाढीपीडितका लागि महागढीमाईद्वारा ४१ लाख सहयोग

बाढीपीडितका लागि महागढीमाईद्वारा ४१ लाख सहयोग

बाढीपीडितका लागि महागढीमाईद्वारा ४१ लाख सहयोग

पर्सा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित भएकाहरूका लागि बाराको महागढीमाई नगरपालिकाले ४१ लाख ५१ हजार आर्थिक सहयोग गर्ने भएको छ ।

रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि महागढीमाई नगरपालिकाले रु ४१ लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाका ६० जना जनप्रतिनिधिले आफ्नो एक महिनाको सेवासुविधाबापत प्राप्त हुने रकम बाढीपीडितको राहतका लागि योगदान गर्नेछन् ।

नगरप्रमुख यादवले भने, ‘नगरपालिकामा कार्यरत निजामती कर्मचारीले नेपाल सरकारको निर्णयअनुसार आफ्नो तलबबाट सहयोग गर्नेछन्, त्यसमा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थप पाँच लाख उपलब्ध गराइनेछ । जनप्रतिनिधि तथा कर्मचारीको योगदान र विपद् व्यवस्थापन कोषको रकम गरी ४१ लाख ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।’

प्रकाशित समय : ०५:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु