गृहपृष्ठ हिल्सामा अस्थायी क्वारेन्टाइन स्थापना हुने

हिल्सामा अस्थायी क्वारेन्टाइन स्थापना हुने

हिल्सामा अस्थायी क्वारेन्टाइन स्थापना हुने

हुम्ला – नेपाल र चीनको सिमाना हिल्सामा नेपालको तर्फबाट अस्थायी क्वारेन्टाइन स्थापना हुने भएको छ। लामो समयदेखि हुम्लावासीले उक्त माग राख्दै आएकाले अस्थायी क्वारेन्टाइन स्थापना गर्न लागिएको हो।

हिल्सा नाकाबाट सामान निर्यातको अवस्थालाई ध्यानमा राखी अस्थायी रुपमा सञ्चालन गर्ने गरी क्वारेन्टाइन स्थापना गर्ने तयारीमा रहेको पशु बिभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिए।

कर्मचारी संरचना भर्खरै पारित भएर आएकाले अब चाँडै हिल्सालाई अस्थायी रुपमा हेर्ने गरी नेपालगञ्जमा शाखा स्थापना गर्ने र सोही शाखाले अस्थायी रुपमा हिल्सामा क्वारेन्टाइन स्थापना गर्नका लागि दुई जनासम्म जनशक्ति परिचालन गरिनेछ।

प्रकाशित समय : १०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु